अध्यक्ष ओली अस्वस्थ : ‘नेकपा सचिवालय बैठक बसेन’

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यले साथ नदिएपछि आइतबार बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगन गरिएको छ । नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आइतबार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो ।

तर प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् । तर उनको स्वास्थ्यमा कस्तो समस्या आएको प्रस्ट खुलाइएको छैन । आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो ।

स्वास्थ्यले साथ नदिएको भन्दै प्रधानमन्त्री ओलीले नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रम पनि उद्घाटन गरेनन् । दरबरमार्गस्थित याक एन्ड यति होटलमा सरकारले आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया