आज फेरी उकालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति:

बुटवल  – नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।