घरबाटै बिमा गर्न सकिने

प्रकाशित मिति:

काठमाडौं – एभरेस्ट इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा घुम्ती बिमा सेवा सुरु गरेका छन् । बिमा समितिले जारी गरेको शाखारहित घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन २०७६को व्यवस्थाअनुसार दुई कम्पनीले बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा सेवा सुरु गरेका हुन् ।

ग्राहकलाई घरदैलोबाट बिमा सेवा प्रदान गर्ने उद्देश्यले यो घुम्ती बिमा सेवा सञ्चालन गरिएको हो । सेवा उद्घाटन बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईं गरे । उनले आमजनतामा सर्वसुलभ रूपमा उपलब्ध गराउन बिमा कम्पनीमार्फत् घुम्ती बिमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।