नेपालि जनसम्पर्क समिति अमेरिका: सोमनाथ घिमीरेको अपिल

प्रकाशित मिति:

सहमति, सहकार्य र एकता-स्व. गीरीजा प्रसाद कोइराला।  २०४८ साल मा गीरीजा वावुले म काठमाडौं मा काग्रेंस देख्दिन, गाऊँ र झुपडी मा भेटछु त्येसैले सिङदरबारको अधिकार गाउँ गाउँ पुराउँछु भन्नु हुन्थीयो हामिलाई। वहाँ कै सल्लाहमा अमेरिका मा रहेका प्रजातन्त्रवादिहरुलाई एकतावद्व गराइ Nepalese Democratic Youth Council America मार्फत नेपालमा प्रजातन्त्र बहाली का लागि बिभिन्न कार्यक्रम हरु गरेका थियौं, अनि सन २००७ मा नेपालि काग्रेंस पार्टीको निर्देशन र पुर्ण सहयोगमा नेपाली जनसम्पर्क समिति अमेरिका को स्थापना टेक्ससमा भयो र त्यो जनसम्पर्क समिति को ईतिहासिक कार्यालय सन्निसाईड, न्यु यार्क मा थियो। त्यतिवेला पुराना र नयाँ पुस्ताका काग्रेंसजनहरुको भेटघाट गर्ने तिर्थस्थल, मेची देखि माहाकाली सम्मका काग्रेंसी बन्दुहरु भेटदा सानेपाको वि.पि. भवन जस्तो लाग्दथ्यो। मलाई साथीहरुले विश्वास गरेर न्यु यार्कको अध्यक्ष बनाएपछि सबैमा सुख-दुख मा साथ र भावनात्मक एकता थियो। तर अहिले त्यी दिनहरुको विपरित जनसम्पर्क को बैठक-भेटघाट किचेन र कोठामा सिमित छ। अपारदर्शीता, अव्यवस्थित एवम् घोचपेच मै हामी रुमल्लीरहेका छौं।

लोकतन्त्रको लागी संघर्ष गरेका ,अनुभवी , सक्षम र सुभेच्छुकहरुको लगत र भावनात्मक संबन्ध पुनर्जिवन निर्माण गर्न पहल गरेमात्र सबैको भलाइ हुनेछ भन्नेमना दुईमत नहोला। नेपाल बाहिर बसेर पनि स्वदेशमा नेपाली काग्रेंस र लोकतान्त्रीक संस्थाहरुको सशक्तिकरणका लागि नितिगत, बैचारिक र भौतिक रुपले सघाउ पुर्याउने हेतु एउटा खुला विचार समूह को आवश्यकता महसुस भएको छ।सबैको भावनालाई उच्च कदर गर्दै सक्षम, सबल र स्वच्छ नेत्रीत्वको आवश्यकता छ जसले साम्यवादी एवम् २/३ लाल सलामे हरुसगं कुनै पनि मुद्दाहरूको सामना गर्दै दुर-दृष्टीतता का साथ लडन सक्ने क्षमता राख्न सकोस। अमेरिकाको सवालमा हाम्रै वन्दुहरुले साम्यवादीहरुलाई बोकेर हिडेको छरलङ्गै छ जसले गर्दा आज सस्थांको हविगत यो अवस्थामा ल्याउनु नेतृत्वनै जिम्मेवार छ जसका कारण लोकतान्त्रीक पद्धतिलाई विश्वास गर्ने नेपाली काँग्रेस पार्टीमा गरिमाको धज्जी उडेको छ । जय नेपाल। जय अमेरिका ।