पर्यटन वृद्धीका लागी २४ घण्टा होटल सञ्चालन गर्ने तयारी भएको छ – मन्त्री गिरी

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  पर्यटन ब्यबसायीलाई ब्यबस्थीत र मर्यादीत बनाउदै अबका दिनमा २४ घण्टा होटल ब्यबसाय सञ्चालन गर्ने तयारी प्रदेश सरकारले गरेको छ । तिलोत्तमा नगरपालीकाको योगीकुुटीमा सञ्चालीत होटल द भ्युु को समुुद्धघाटन गर्ने क्रममा प्रदेश ५ का उधोग पर्यटन बन तथा बाबताबरण मन्त्री लिला गिरीले सो कुुरा बताउनुुभएको हो । अबका दिनमा बिदेशमा गएर काम गर्ने भन्दापनी सानो या ठुुलो जस्तो सुुकै काम भएपनी आफ्नै देशका लागी गर्नुुपर्ने बताउनुुभयो ।

नेपाल सरकारले नेपाल भ्रमण बर्षको आयोजना गरेको र प्रदेश सरकारले पनी लुुम्बिीनी भ्रमण बर्ष २०७६ को घोषणा गरेर समग्र पर्यटन बिकाशलाई प्राथमीकता दिएको हुुंदा यस्ता पर्यटन ब्यबसायीलाई फाईदा पुुग्ने बताउनुुभयो । निकट भबीष्यमा गौतमबुुद्ध बिमानस्थल तयारी भएपछी सयौ होटलहरुको आबस्यकतम पर्ने भएकाले ब्यबसायी निरास हुुन नपर्ने बताउनुुभयो ।दिनप्रतीदीन परनिर्भरता बढेकोमा चिन्ता ब्यबक्त गर्दे अबका दिनमा युुवाहरु नेपालमै स्वरोजगार निर्माण गर्ने अभीयानमा लाग्न सुुझाउनुुभयो । रुपन्देहीका पर्यटन ब्यबसायीले राम्रो सेवा दिन नसकेको गुुनासो गर्नुुभयो ।

प्रदेश सरकारले पर्यटन बिकाशका लागी कनेक्टीभीटीको काम गर्दे गरेको र निती बनाउने हो तर सेवाका बारेमा सोच्ने पर्यटन ब्यबसायी आर्फ गर्नुुपर्ने बताउनुुभयो ।कार्यक्रममा रुपन्देहीका सहायक प्रमुुख जिल्ला अधीकारी भरत कुुमार शर्माले पर्यटन ब्यबसायीहरु कानुुनी दायरामा नआएको बताउनुुभयो । त्यस्तै भैरहवामा गौतमबुद्ध विमानस्थल अन्तर्रा्ष्ट्रियस्तरमा स्तरोन्नती र बुटवलमा अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र बन्दै गरेकाले आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी होटलमा लगानी गरिएको र होटलले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलका अध्यक्ष एकबहादुर गाहाले बताउनुुभयो । कार्यक्रममा होटल तथा रेष्टुुरेण्ट ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुुन्द्र जिसी,नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी लगायतले बोल्दै पर्यटकलाई आकर्षण गर्नका लागी बिभीन्न प्याकेज र योजना ल्याउन सकेमा पर्यटन बिकाश हुुने बताएका थिए ।

तिलोत्तमा नगरपालिकाको योगीकुटीमा ६ करोड रुपैयाँ लगानीमा होटल द बुटवल भ्यू औपचारीक रुपमा सञ्चालनमा आएको छ । पाँच जनाको संयुक्त लगानीमा सुरु भएको होटलमा वातानुकुलित ३५ वटा कोठा छन् । सिद्धार्थ राजमार्गसँगै जोडिएको होटलमा सेमिनार हल, ब्याङ्क्वेट र लाइभ म्युजिक क्लबसमेत छन् । होटेलले बुटवल क्षेत्रमै पहिलोपटक चौबीसै घण्टा सेवा दिने घोषणा गरेको छ ।
दृष्य एफटिपीमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया