देविका वन्दनाको ‘भोलीलाई कसले पो देख्या छ’ सार्वजनिक

प्रकाशित मिति:

लोकप्रिय गायिका देविका वन्दनाले नयाँ गीत ‘भोलीलाई कसले पो देख्या छ’ ल्याएकी छन् । नरहरि प्रेमीको शब्द, संगीत, अमोश तामाङको एरेञ्ज रहेको गीतको भिडियो समेत निर्माण भएको छ । दीप श्रेष्ठको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स गु्रपको अभिनय रहेको छ ।

अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा सञ्जय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन । वन्दनाको ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’ लगायत दर्जनौ गीत हिट छन् ।