फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कालिकोट जिल्लाको पलाता गाउँपालिकाले नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए।

जनयुद्ध दिवसबाटै पलातामा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक तथा अन्य पर्यटनको आगमनमा वृद्धि गर्ने लक्ष्य रहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया