लाईफ एजुकेशनले गर्‍यो ह्याप्पिनेश सेमिनार

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  लाईफ एजुकेशन बुटवलको आयोजनामा बुटवलमा संगीत सहितको वृहत ह्याप्पिनेश सेमिनार गरिएको छ । विशेषत युवा वर्गमा सकारात्मक सोचको विकास गराउदै उनीहरुमाखुसी रहनेक्षमताको विकास गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा मोटिभेसनल स्पिकर तथालाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल जेसीजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरेले युवामा समकारात्मक सोचको विकास गराउदै खुसीजीवनजीउने तरिकासिकाउनु निकै सान्दर्भिक रहेको बताउनुभयो ।  लाईफ एजुकेशनकाप्रबन्धनिर्देशक तेजराजथापाले अहिले युवावर्गमामहत्वकाँक्षासँगै निराशापनि बढेको भन्दै त्यसबाटउनीलाई बचाउनर खुसी राख्नआवश्यक रहेको बताउनुभयो ।  संगम खड्काको सञ्चालनमाभएको कार्यक्रममा एम्स कलेजका प्रमुख दिपक ढकाल, बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरी लगायतले शुभकाना दिनुभएको थियो ।

कार्यक्रममा कलाकारहरु अजय कार्की, अभिषेक गौतम, किरण विश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती राखेकाथिए । कार्यक्रममासृष्टि रायमाझीको धन्यवादमन्तव्य राख्नुभएको थियो भने सहभागीहरुले आफ्नोअनुभव सुनाएकाथिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया