अख्तियारको ब्यवहार बिरुद्ध तरुण दल स्याङ्जाको बिरोध प्रर्दशन

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


स्याङजा – नेपाल तरुण दल स्याङ्जाले वालुवाटार जग्गा अनुसन्धान प्रकरणको बिरुद्धमा आइतवार स्याङ्जा सदरमुकामममा बिरोध रयाली प्रदर्शन गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई बदनियत तथा प्रतिशोधपूर्ण मुद्धा लगाउने निर्णयको बिरुद्धमा तरुण दलले बिरोध प्रर्दशन गरेको जनाएको छ । पुतलीबजार नगरपालिका १ स्थित नेपाली कांग्रेसको मुख्यालयबाट निस्केको तरुण दल सहितको रयालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा पुगेर कोणसभा गरेको थियो ।

तरुण युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संबैधानिक निकाय भएर पनि सत्तापक्षको पृष्ठपोषण र बिपक्षी दलको खिलापमा उत्रेर दोहोरो भूमिका खेलेको भन्दै अख्तियारलाई निष्पक्षभई कानूनी कारवाही गर्न तरुण दलले माग गर्दे नारा लगाउदै नगर परिक्रमा गरेका थिए ।वालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा (नविनको नाममा ललिता निवासको ८ आना जग्गा रहेको) लाई मुद्धा नचलाएर अख्तियार जस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गर्ने कार्ये दुर्भाग्यपूर्ण रहेको तरुण दलका जिल्ला उपाध्यक्ष शिवशंसार श्रेष्ठले बताउनुभयो ।

वहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईको समेत संलग्नता देखिदा देखिदै पनि नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई मात्र दोषी देख्ने अख्तियारले गलत कार्य गरेको तरुण दलका सचिव चन्द्र रानाको भनाई छ । नेपाल र भट्टराई प्रधानमन्त्री रहदा पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको हुदाँ उहाहरुलाई पनि कारवाई प्रक्रिया अघि बढाईे न्यायिक निरुपण गरिनुपर्ने रानाको माग हो ।

जग्गाा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदार सहित एक सय ७५ जनालाई मुद्धा चलाएको छ भने त्यतीवेलाका प्रधानमन्त्री द्धयलाई उन्मुक्ति दिएको छ । उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्राईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन तरुण दलले शान्तिपूर्ण दबाब दिन खोजेको जनाएको छ । तत्कालिन अवस्थामा उपप्रधानमन्त्री रहदा गच्छदारले गरेको निर्णयका कारण हाल गच्छदारमाथि मुद्धा चलाइएता पनि वास्तविकतालाई मनन गर्दे निष्पक्ष अनुसन्धानबाट सत्यतथ्य बाहिर ल्याउन तरुणदलले आग्रह गरेको छ । जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्र माथि खतरा पुरयाउन नेताहरुको भ्रष्ट आचरण, उन्मुक्ति र दण्डहीनता यसका मुख्य कारक हुन ।

यसर्थ अख्तियार जस्तो संबैधानिक निकायले तथष्ट, स्वतन्त्र र निष्पक्षभई काम गर्न जरुरी छ नेपाली कांग्रेसका सदस्य पृथ्वी पोखरेलको भनाई छ । यसैगरी पूर्व उपप्रधानमन्त्री विजय गच्छदारमाथिको मुद्धालाई प्रभावित गर्दै निजलाई चोख्याउने नियतले नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको गरेको विरोध होइन, भ्रष्टाचार प्रकरणमा दागी नेताहरुको उन्मुक्तिका लागि सत्तारुढ र प्रमुख प्रतिपक्षि दलहरु एकभई भ्रष्टआचरण बिरुद्ध जुट्नु पर्नेमा संबैधानिक निकाय पनि पार्टीको इशारामा चल्नु दुखद रहेको नेपाली काग्रेस महासमिति सदस्य हिरा शर्माले भन्नुभयो । तरुण दलले शान्तिपूर्ण तवरमा दवाव सिर्जना दिनका लागि बिरोध र्याली आयोजना गरेको जनाउदै दण्डहिनताको अन्त्य र मानवअधिकार रक्षाका लागि सबैले सहयोग गर्नुपर्ने दिनुहुन्छ क्षेत्रीय सभापति तुल्सिराम रेग्मी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया