युवा संगठनका जिल्ला विप्लव इन्चार्ज पक्राउ

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बैतडी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा युवा संगठनका बैतडी इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् ।धामीलाई एक थान पेस्तोलसहित दोगडाकेदार गाउँपालिका ६ सित्तडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।गस्तीमा रहेको प्रहरी टोलीले धामीलाई आइतबार दिउँसो तीन बजेतिर पक्राउ गरेको हो ।

धामीको साथबाट चन्दा असुल गरेको रसिद र अन्य पर्चा, पम्पलेटहरु पनि बरामद गरिएको उनले बताए ।पक्राउ परेका धामीमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । विप्लव नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न प्रहरीले गस्ती तिब्र बनाउन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया