न्यु होराइजनको ३० औं वार्षिकोत्सव शुरु

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  बटुवल कालिकानगर स्थित न्यु होराइजन मा.वि. को ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुरु भएको छ ।
दुई दिने बार्षिकोत्सवको आइतबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका उप प्रमुख गुमा देबी आचार्यले उद्घाटन गरिन् । कार्यक्रममा विद्यालयमा १५ बर्ष सेवा गर्ने ४१ जना, १० बर्ष सेवा गर्ने ४५ जना र ५ बर्ष सेवा गर्ने ३८ जना शिक्षक तथा कर्मचारीहरु र बिभिन्न बिधामा उत्कृष्ट शिक्षकहरु र अतिरिक्त क्रियाकलाप तर्फ विजयी हुने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय,अभिभावक संघ नेपाल रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, मूल समारोह समिति \

संयोजक रामेश्वर श्रेष्ठ लगायतले विद्यालयले हाल सम्म हासील गरेको उपलब्धी र आगामि योजना बारे आआफ्नो भनाई राखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुको सभापतित्व तथा उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका साहित्य विभाग प्रमुख हरिप्रसाद पौडेल,प्लस टु इन्चार्ज प्रकाश खनाल र शिक्षिका कल्पना कुसुमले गरेका थिए । विद्यालयको ३० औं वार्षिकोत्सव मूल समारोह सोमबार न्यू होराइन मूल संस्थाको प्रांगणमा हुने विद्यालयका शिक्षक बीपी बस्यालले जानकारी दिए । मूल समारोहमा २० वर्ष र त्यसभन्दा बढी अवधि सेवा गरेका शिक्षक–शिक्षिका ,एसईर्ई र कक्षा ८ को जिल्लास्तरीय परीक्षामा जीपीए फोर ल्याउने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले बताए ।
फोटो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया