बसमा आगलागी, ५ जनाको मृत्यु

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  भारतको उडिसा राज्यको गंजम जिल्लामा गुडिरहेको बसमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।समाचार एजेन्सी पीटीआईकाअनुसार विद्युत प्रशारण लाइनको तारमा गुडिरहेको बसले अचानक छुँदा आगलागी भएको थियो ।आगलागीमा परेर घाइते भएकाहरु मध्ये केही यात्रुको अवस्था गम्भीर छ । घाइतेहरुको बहरामपुरस्थित एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अग्नि नियन्त्रक पदाधिकारीकाअनुसार ट्रान्समिशन लाइनमा सप्लाई हुने करेन्ट बन्द गरेर आगलागीलाई नियन्त्रणमा लिइएर बसबाट यात्रुहरुको उद्दार गरिएको थियो ।प्रहरीका अनुसार बस जंगलपाडुबाट चिकाराडा तर्फ जाँदै थियो । ११ किलोवाट क्षमता भएको विद्युत प्रसारण लाइनको सम्पर्कमा आउँदा बसमा आगलागी भएको हो ।बसमा सवार मानिसहरु नजिकैको गाउँमा हुने वैवाहिक कार्यक्रममा सरिक हुन जाँदै थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने