रौतहटमा युवकको यसरी गरियो हत्या

२६ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं  –  रौतहटमा प्रेमिका भेटन गएका एक युवकको हत्या भएको छ । इशनाथ नगरपालिका ८ बस्ने २० वर्षीय मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउमा हत्या भएको रौतहट प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले आज पत्रकार सम्मेलन गरी गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नगरपालिकाको अकोलवामा प्रेमिका भेट्न गएका हकलाई प्रेमिकाको तीन जना दाईले घाँटी थिचेर हत्या गरेको सार्वजनिक गर्यो ।

प्रहरी उपरिक्षक रबीराज खड्काले हत्यापछि अभियुक्तहरुले स्थानीय भकुवा खोलामा फालेको हकको शव गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गरेको बताए । माघ १५ गते राति ११ बजेको समयमा बासको घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली र असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलको उपरिक्षक खड्काले बताए । अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया