अष्ट्रेलियाको प्रमुख शहरमा बस्न विदेशीहरुलार्इ रोक

प्रकाशित मिति:

असोज २४ बुटवल । अष्ट्रेलियाको सरकारले अष्ट्रेलियाकाे मेल्बर्न र सिड्नी जस्ता प्रमुख शहरमा विदेशीहरुलाई बस्नमा रोक लगाउने बताएको हो ।

अष्ट्रेलियाली सरकारले मुलुकको दुई ठूला शहर मेल्बर्न र सिड्नीको जनसंख्या व्यवस्थापन गर्न र देशमा क्षेत्रीय असमानता कम गर्न सरकारले विदेशीहरुलाई ग्रामीण क्षेत्र बसोबास गर्न लगाउने नियम ल्याउन लागेको जनसंख्यामन्त्री टजले मंगलबार जानकारी दिएका छन् । पछिल्लो दशक अष्ट्रेलियामा ६० प्रतिशत जनसंख्या वृद्धि आप्रवासनका कारण र बॉकी ४० प्रतिशत मात्र प्राकृतिक रुपमा वृद्धि भएको अनुसन्धानले देखाएको थियो ।

अष्ट्रेयाली सरकारको नयॉ नीति अन्तर्गत सरकारले ‘रिस्ट्रिक्टेड भिसा’ दिने र सबैलाई पहिलो पॉच वर्ष ग्रामीण क्षेत्रमा बस्न अनिवार्य गराउने बताएको छ । आप्रवासनका लागि आउने अधिकांशको रोजाइ सिड्नी, मेल्बर्न अनि दक्षिणपूर्वी क्वीन्सल्यान्ड नै हुने गरेको सरकारको भनाइ छ ।

अष्ट्रेलिया भित्र्ने ७० प्रतिशत आप्रवासीहरु दक्ष भिसामा अष्ट्रेलिया भित्रिने हुनाले पनि त्यसलाई ग्रामीण क्षेत्रमा बस्न बाध्य गराउ‘दै गर्दा उनीहरुलाई रोजगारीको अवसर प्रदान गराउनु पनि उत्तिकै चुनौतिमय हुने देखिएको छ ।
एजेन्सी