पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्छ :डा.चन्द्र भण्डारी

२७ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री/गुल्मी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।प्रथम गुल्मी मुसिकोट महोत्सवको समापन समारोहको अवसरमा बोल्दै प्रमुख अतिथि भण्डारीले गाउँमा रहेका विभिन्न जातजाति धर्म र सम्रदायलाई सम्बोधन गर्न स्थानीय सरकारको रुपमा गाउँगाउँमा सिहंदरबार स्थापना भएको भन्दै सरकारले जनताका भावना बुझेर काम गर्नुपर्ने बताए .बहुदलको नाममा शासन सत्तामात्रै हडप्ने परिपाटी बढेको भन्दै वास्तविक जनताका पीडा अझै सम्बोधन हुन नसकेको बताए ।

सुशील कोईरालाको स्मृति दिवसलाई स्मरण गर्दै संविधान निर्माणको चरणमा विगतमा भएको जनयुद्ध, हिसांमा गएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याई जनताको अधिकार सम्पन्न गराउन लागि उनले गरेका त्याग र तपस्याकै कारण यो अवस्थासम्म देश आएको र सुशील कोईराला जस्तो तपस्वी नेताको अभाव अहिले खड्किएको बताए .नेपालका पशुपति लुम्बिनी मुक्तिनाथ जस्ता धार्मिक स्थलले नेपालको पहिचान विश्व सामु पुर्याएको भन्दै नेपाल जस्तो सुन्दर देशमा पर्यटन प्रर्वद्धन गर्नका लागि थुप्रै सम्भाव्यता रहेको धारणा व्यक्त गरे .मध्यपहाडी लोकमार्ग वामीलाई छोएर नजानुको जिम्मेवार हामी सबै हुनुपर्ने भन्दै भण्डारीले मुसिकोट नगरपालिकाले जिल्लामै उत्कृष्ट नेतृत्व पाएको बताए । नगरपालिका उत्कृष्ट बन्नेमा आफु विश्वस्त रहेको बताए ।

फरक प्रसगंमा भण्डारीले विगतका दिनमा सदरमुकाम तम्घास पुग्न हुने गरेको सास्तीको स्मरण गर्दै, अहिले बडीगाड खोलाका विभिन्न ठाउँमा पुलहरु निर्माण भएको र सडकको विस्तारले उक्त समस्या समाधान भएको बताए । रिडि र रुद्रवेणी वामीटक्सार सडकखण्ड बजेटकोे अभावले भन्दा पनि ठेकेदारले काम नगरिदिँदा आजसम्म भनेजस्तो स्तरोन्नती हुन नसकेको बताए .वामीटक्सारको सुदीमा तीनमुखे पुल निर्माणको सम्भाव्यता अध्ययन गरी एउटा नमुना कामको थालनी गर्न सकिने बताउँदै रिडिमा निर्माण हुदै गरेको एसियाकै नमुना पुलले गुल्मीको पहिचान अझ बढ्ने बताए ।कृषि, पर्यटन र उद्योगको विकास बिना आर्थिक संवृद्धि नहुने बताउँदै भण्डारीले मुसिकोट महोत्सवले स्थानिय परम्परा कला, संस्कृतिलाई प्रवद्धन गर्ने कुरामा आफु विस्वस्त रहेको बताए । फरक प्रसगंमा भण्डारीले नेपालको नेतृत्व तहमा युवा वर्गको आवश्यकता औँल्याए ।सोही अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालि सडक सञ्जाल र खानेपानी एवं पूर्वाधार निर्माणका कार्यमा अगाडी बढेको भन्दै महोत्सवले स्थानीय संस्कृति संरक्षण र प्रर्वद्धनमा महोत्सवले ठुलो भूमिका खेलेकोले र महोत्सवले समृद्ध मुसिकोट बनाउन सहयोग पुग्ने बताए ।

त्यस्तै अवसरमा नेपाली काँगे्रस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले पर्यटन क्षेत्रको विकासमा महोत्सव फलदायी भएकोले बताउदै गाँउका जनताहरु तिव्र बसाईसराईले थप चुनौती थपेको बताए ।हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कंडेलले औद्योगिक र व्यापारको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले आन्तरिक र बाह्य पर्यटकहरुको वृद्धि हुने बताए ।महिला अधिकारकर्मी गण्डकी थापाले महोत्सवमा सबैको एकता सहकार्यले मुसिकोट नगरपालिका समृद्धि हुने भन्दै अव मुसिकोट नगरपालिकाले महिलाहरुको लागि आयआर्जनका कार्यक्रमहरुलाई अगाडी बढाउन सुझाव दिइन ।मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले मुसिकोट नगरपालिकाले पर्यटन र कृषिमा आधारित धेरै बजेटको व्यवस्था गरिएको भन्दै महिला र बाख्रापालन, भकारो सुधार, लगायतका कार्यक्रम अगाडी बढाएको बताए ।कार्यक्रममा मुसिकोट उद्योग वाणिज्य सघंका प्रतिनिधि, जनप्रतिनिधि,स्थानीय समाजसेवी, बुद्धिजीवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा लोकदोहोरी गायिका ज्योति मगर,मिनु विसी, बैकुष्ठ रायमाझी,कमल बराल स्थानीय कलाकारहरुको लगायतको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रम मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष शुर्दसन शाक्यको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने उद्योग वाणिज्य सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेल, र सञ्चारकर्मी मिनु विसीले गरेका थिए । गत माघ १५ देखि शुरुभएको महोत्सव आइतवार सम्पन्न भएको थियो । यता महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग पुराउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामुदायिक रेडियो दाउन्ने बर्दघाट को १० औँ बार्षिक साधारण सभा…
  • लगातार उच्च बिन्दु बनाउँदै नेप्से
  • डोजर लगाउँदा भएको व्यबसायिक क्षेती प्रति बुटवल उवासंघको ध्यानाकर्षण
  • नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग
  • समाचार खोज्दाखोज्दै मार्छु भनेर पनि धम्क्याए – पत्रकार शर्मा
  • राप्तीका चार सहकारी एकिकृत भएर बन्यो देउखुरी बचत तथा ऋण…
  • लक्षीत समुहसंग छलफल गरी कानुन बनाउन सरोकारवालाको माग
  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो
  • नेपालका करिब २० लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख…
  • लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा मेउडिहवा आधारभुत विद्यालयमा छात्रवृत्ति…