नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

२७ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएसँगै आगामी शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन अन्तिम तयारीमा छ ।

सो जहाज आगामी शुक्रबार फागुन ३ गते चीन जाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिनुभएको छ । यद्यपी प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन अनुसारनै समय अझै अगाडि समेत हुन सक्ने आचार्यले गोरखापत्र अनलाइनलाइ बताउनुभयो ।

चीनबाट नेपाली विद्यार्थीहरुलाइ ल्याउनको लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधि सदस्य रहनु भएको छ । कोरोना भाइरसको उद्गम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने तयारी गरेको हो ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश