नेपाल टेलिकम गल्याङले बाँड्यो निःशुल्क २५ सय सिम

प्रकाशित मिति:

स्याङ्जा – नेपाल टेलिकम गल्याङ शाखाले २५ सय वटा निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्सले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा सिम वितरण गरिएको हो ।

सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको सिममा ५० रुपैयाँ टक भ्यालुसमेत छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्पत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको हो ।

टेलिकमले अहिले देशका ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ ।