गायक धिरज राई लुम्बिनी विकास कोषको सद्भावना दूत नियुक्त

प्रकाशित मिति:

काठमाडौं – चर्चित गायक धिरज राई लुम्बिनी विकास कोषको सद्भावना दूत नियुक्त भएका छन् । ‘बुद्ध वर्न इन नेपाल’ र लुम्बिनीको विश्वव्यापी प्रचारमा लागेका गायक राईलाई विकास कोषले सद्भावना दूत नियुक्त गरेका हुन् ।

गायक राईले विगत चार पाँच वर्षदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । विश्व शान्ति क्षेत्र लुम्बिनीको विकासका लागि समेत गायक राईको अभियानले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सद्भावना दूत नियुक्त गरिएको बुझिएको छ ।