भगवती नमुना मा वि मिर्मीमा तालावन्दी

प्रकाशित मिति:

स्याङ्जा । प्रक्रिया बिपरित प्रधानाध्यापक चयन गरिएको भन्दै स्थानीयले बिरोध स्वरुप भगवती नमूना मावि मीर्मीमा तालावन्दी गरेका छन् । तालावन्दी पछी विद्यालय अनिश्चित कालका लागि बन्द भएकोछ । स्थानीयले प्रक्रिया नपुर्याइकन प्रधानाध्यापक राजनैतिक आस्थाका आधारमा नियुक्ती गरेको आरोप लगाएका छन् भने, बिद्यालय व्यवस्थापन समितिले बहुमतका आधारमा निर्णय गरेको बताएको छ । स्थानीयले अभिभावक भेला डाक्न समितिलाई आग्रह गरेपनि समितिले भेला नवोलाई बिद्यालय बन्द हुनु भन्दा एक दिन अगाडि निर्णय गरेकाले विवाद र्सीजना भएको स्थानीयले वताएका छन् । तालावन्दी पछी समस्याको समाधानका लागी वार्ताको वातावरण वनाउनु पर्ने र वार्तावाटै समस्याको समाधान गर्नु पर्ने एक थरीको भनाई रहेको छ ।