बस दुर्घटनामा ४२ को मृत्यु !

प्रकाशित मिति:

असोज २४ बुटवल । अफ्रिकी मूलुक केन्यामा बस दुर्घटना हुँदा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ। केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै बस दुर्घटना भएकाे स्थानीय प्रहरीले जनाएको छ।

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए।

अधिकारीहरुका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो। बसमा ५२ जना यात्रु थिए।

बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ। केन्यामा सडक दुर्घटनामा वर्षेनी करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ।

डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो।

एजेन्सी