सानेपा काण्ड : कार्कीको हत्यापछि कामदार चौधरीले गरे आत्महत्या

प्रकाशित मिति:

काठमाडौं – ललितपुरको सानेपास्थित आफ्नै निवासमा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनालाई कामदार चौधरीले नै आक्रमण गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

दाङ घर भएका २२ वर्षीय विजय चौधरी कार्कीको घरमा कामदारका रुपमा बस्दै आएका थिए । फुटेजमा देखिएको दृष्य अनुसार चौधरीले कार्कीलाई पछाडिबाट आक्रमण गरी लडाएको र घाँटी थिचेको भेटिएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

अचेत अवस्थामा फेला परेकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । हत्याका आरोपी चौधरीलाई समेत प्रहरीले मृत अवस्थामा फेला पारेको हो । घटनापछि चौधरीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । झुण्डिएर आत्महत्या गरेका चौधरीको डोरी चुडिएपछि भुईमा लडेको अवस्थामा शव भेटिएको थियो ।