सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता: फर्साटिकर एफसी रुपन्देहीे विजयी

प्रकाशित मिति:

रामु भुसाल/नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट १६, सूर्यनगरमा शनिबार देखी सुरु भएको ५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता सोमबार पनि सुर्यनगर खेल मैदानमा चलिरहेको छ । नव युवा क्ब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा चलिरहेको प्रतियोगिता अन्र्तगत सोमबार अभिषेक चर्च नवलपुर र फर्साटिकर एफसी रुपन्देही बीच सम्पन्न भएको खेलमा निर्धारित समयमा दुबै टिमको दुई दुई गोल बराबर भएपछी ट्राइबेकरमा अभिषेक चर्च नवलपुरलाई फर्साटिकर एफसी रुपन्देहीले ५ का विरुद्ध ७ गोलले पराजित गरेको छ ।

सोमबारको म्यान अफ द म्याच फर्साटिकर एफसी रुपन्देहीका गोलकिपर अमर थापा घोषित हुनुभएको छ । त्यसैगरि मंगलबार आयोजक नव युवा क्लब र पाल्पा ११ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजयी हुने टिमले ३ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाेकृष्ट खेलाडीले ५ हजार,सर्वा्धिक गोलकर्ताले ५ हजार,उत्कृष्ट गोलरक्षकले ५ हजार,उत्कृष्ट मिड फिल्डरले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार पुरस्कार पाउने बताईएको छ । सो प्रतियोगिताको अफिसयिल मिडिया रहेको सामुदायिक रेडियो दाउन्नेले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।