अब जापानको नारिता उडान ३७ हजारमै हुने 

प्रकाशित मिति:

काठमाडौं / नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारितामा ३७ हजारमै सीधा उडान गर्ने भएको छ। यो गन्तव्यमा निगमले साताको तीन दिन सिधा गर्ने भएको छ। निगमले एयरबसको ए ३३० नामको २७४ सिट क्षमताको वाइडबडी जहाजबाट जापान उडान गर्ने भएको छ। निगमले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने भएको छ। काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको लागि उडेको जहाज सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने जानकारी गरी निगमले उडान तालिका तय गरेको छ।

निगमले प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको उल्लेख छ। निगको यो उडानमा बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुई वटा ब्यागेजको सुविधा पाउनेछन्। नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त हुने निगमको भनाइ छ।