संसदको अवरोध हटाउने तयारीमा कांग्रेस

२८ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
17 Shares


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज (मंगलबार) बाट सुरु हुने भएको छ । कांग्रेस संसदीय दल कार्यसमिति बैठकले संसदमा जारी अवरोध हटाउने निर्णय गरेका कारण आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नियमित हुने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दल कार्यसमितिको बैठकले संसदमा जारी अवरोध हटाउने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।

यसअघि दलका उपनेतासमेत रहेका पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले तीन दिनसम्म संसद बैठक अवरुद्ध गरेको थियो ।  मंगलबार बस्ने बैठकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित सूची छ ।

यस्तै कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोख्रेलले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गर्ने बताइएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गर्नुका साथै गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६’ पेस गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने