सफलताको सुत्र पुस्तकका पन्नामा होइन मिहेनतमा हुन्छ

प्रकाशित मिति:

                                              सफलताको सुत्र पुस्तकका पन्नामा होइन मिहेनतमा हुन्छ- अब्राहम लिंकन 

१. एउटा वुवाले आफ्नो छोराछोरीको निम्ति गर्न सक्ने सबैभन्दा महत्वपूर्ण काम भनेको उनीहरुको आमालाई हृदयदेखि नै माया गर्नु हो । – थियोडोर हेजबर्ग

२. भगवान जहितही हुन सक्दैनन् यसिले त उनले आमा बनाइदिए । – रुडयार्ड किप्लिंग

३. जब आमा बन्छौ नि तब इम्रो हृदय तिम्रो आफ्नो हुदैन; यो तिम्रो बालबच्चाले जे गर्छन् त्यसै अनुसार धड्कन्छ । – जर्ज बर्नाड श

४. तिमि जतिसुकै उमेरको हौ वा जस्तो सुकै काम गरेको हौ- हरेकलाई आफ्नो आमाको खाचो रहिरहन्छ । – केट विन्स्लेट

५. आमाले मात्र भविष्यको बारेमा सोच्न सक्दाछिन किनकि उनले आफ्नो सन्तान मार्फत त्यो भविष्यलाई जन्म दिन्छिन । – म्याक्सिम गोर्की

६. मातृत्व त्यो स्थान हो जहाँबाट सबै प्रेमको सुरुवात हुन्छ अनि अन्त्य पनि । – रोबर्ट ब्राउनिंग

७. कुनैपनि शब्दद्वारा आमाले दिने मायाको शक्ति, सुन्दरता अनि बहादुरीलाई व्यक्त गर्न सकिदैन । – एडविन हब्बल चपिन

८. जो व्यक्तिसँग भगवान जस्ती आमा छिन त्यो व्यक्ति नै धनि व्यक्ति हो । – अब्राहम लिंकन

९. आमा नै हाम्रो वास्तविक मित्र हो । – वासिंगटन इर्भिन

१०. एउटी आमाले दुइ पटक सोच्ने गर्नुहुन्छ; एक पटक आफ्नो लागि र आर्को पटक आफ्नो सन्तानको लागि । – सोफिया लोरेन

११. मेरो चकचके कारणले आमाले धेरै सास्ती खेप्नु पर्यो तर अहिले मलाई लाग्छ आमाले त्यसमा आमाले आनन्द लिन भयो होला । – मार्क ट्वेंन

१२. आमाको हृदय नै बच्चाको सर्वोत्कृष्ट पाठशाला हो । – हेनरी वार्ड विचर

१३. आमा त्यो नाम हो जुन भगवानले बच्चाको हृदय र ओठद्वारा बोल्ने गर्नुहुन्छ । – विलियम मेक्पिस ठाकरे

१४. मैले देखेको सबैथोकहरु मध्य सबैभन्दा सुन्दर मेरी आमा हुनुहुन्छ । म जति हुँ यी सबैको निम्ति मेरी आमा प्रति म ऋणी छु । मैले जीवनमा जति पनि सफलता हासिल गरे सबैको कारण मेरो आमाले दिनुभएको नैतिक, बौद्धिक अनि शारीरिक शिक्षाको कारणले हो । – जर्ज वाशिंगटन (प्रथम अमेरिकी राष्ट्रपति)

‘आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्वर्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा केहि मिठा भनाईहरु जानौ :

१. जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

२. मर्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।

३. आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।

४. आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन

५. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।

६. म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युजिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।

७. माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।

८. तपाईलाई थाहा छ कि प्रेम अन्धो किन हुन्छ किनकि तपाईको आमाले तपाईलाई देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेकी थिइन् ।

९. हजारौ दियो चाहिन्छ एउटा आरती सजाउनको लागी, हजारौ खरबौ थोपा चाहिन्छ एउटा समुन्द्र बन्नको लागी तर एउटी आमा मात्र काफी छिन् हाम्रो जीवनमा माया भर्नाको लागी ।

१०. हरेक सम्बन्ध बनावटी देखे, स्वार्थ, रिस-राग, बदला र धोकाधडी देखे तर बर्षौ देखि हेरिरहेको छु मेरी आमालाई, नत मायामा बनावटी पाए न त्यस मायामा कुनै कमी पाए ।

११. तिम्रो लागी यो दुनिया त छोडी दिउला तर उसलाई के जवाफ दिउ जो हरेक दिन ढोकामा उभिएर भन्छिन्, “छोरा घर छिटै आइज है” भनेर ।

१२. आज रातभर आमा सुत्नुभएको छैन बस मैले यति भनेको थिए कि आमा मलाई डर लागेको छ ।

१३. मैले आमाको काधमा शिर राखेर सोधे, आमा मलाई कहिलेसम्म यसैगरी आफ्नो काधमा सुत्न दिनुहुन्छ ? तब आमाले भन्नुभयो, छोरा जबसम्म तैले मलाई आफ्नो काधमा उठाउदैनस तबसम्म ।

१४. आमाले सबैको ठाउ लिन सक्छीन तर एउटी आमाको ठाउ कसैले लिन सक्दैन ।

आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् ।

सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।

१ मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज

२ जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

३ जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर

४ मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

५ रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट

६ आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

७ मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो

८ संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

९ मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । –जर्ज आशिंटन

१० मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । –माइकल ज्याकसन

११ मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । –रोबर्ट ब्रोनिङ्ग

१२ बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । –पंग लियुअन