पर्वतका गिरी एनआरएनको केन्द्रीय मानार्थ सदस्यमा मनोनीत

प्रकाशित मिति:

बुटवल – गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रिय मानार्थ सदस्यमा पर्वतका पुरन गिरी मनोनित हुनुभएको छ।पर्वत जिल्लाको कुश्मा जन्मिएर लामो समयदेखी यूकेको लन्डनमा बस्दै आउनु भएका गिरीलाई संघको पदाधिकारी स्तरीय बैठकले संघको विद्यानको धारा १७ (८) अन्तर्गतको अधिकार प्रयोग गर्दै केन्द्रिय मानार्थ सदस्यमा मनोनित गरिएको छ।

लामो समयदेखी एनआरएनएको अभियानमा लागेका गिरीलाई लगनशील, इमान्दार र सामजिक सेवामा सक्रिय भएकै आधारमा गैर आवासीय नेपाली संघ युकेले पनि केही दिन अगाडि सल्लाहकार मनोनित गरिएको छ।

युुकेको लन्डनमा ब्यवसाय गरेर बसेका गिरिले सामाजिक छेत्रमा धेरै काम गरेका छन् । गिरि पर्वत जिल्ला घर भै विदेश रहनु भएका पर्वेतेलीहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्ष समेत छन्।