बुटवल क्याम्पसमा ऐन महरको गर्जन : ‘कुनै पनि हालतमा स्ववियु निर्वाचन हुन्छ’

प्रकाशित मिति:

                                           हास्य कलाकार सुबोध गौतम (एकडुमे)को प्रस्तुतीमा हासोको बर्षा                                                         

सबलपोस्ट / बुटवल – बुटवल बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा स्नातक तहका नव आनगन्तुक बिद्यार्थीलाई अनेरास्ववियुले स्वागत गरेको छ । क्याम्पस प्राण्गडमा बिविध सांस्कृतिक कार्यक्रम आयोजना गरी सम्मान संगै मायाको चिनो समेत हस्तान्तरण गरिएको हो । अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष सन्तोष अर्यालको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष ऐन महरको प्रमुख आतिथ्यतामा इकाईले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी एबम अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऐन महरले कुनै पनि हालतमा स्ववियु निर्वाचन गरी विद्यार्थीका हक र अधिकारलाई सार्वजनिक गर्ने काम अनेरास्ववियुले गर्ने कुरा प्रस्ट्याउनुभयो । उहाँले लोकतन्त्र प्राप्त गरिसकेपछी पनि स्ववियु निर्वाचन नहुने र स्ववियु निर्वाचन बिभिन्न बहाना बनाई गर्न नदिने शक्तीलाई स्ववियुमा खुलेर होमिन आग्रह गर्नुभयो । साथै अनेरास्ववियुका समस्त विद्यार्थीहरुलाई स्ववियुको तयारीमा लाग्न समेत आग्रह गर्नुभयो ।विद्यार्थीहरुको गौरवशाली विद्यार्थी संगठन अनेरास्ववियुलाई स्ववियु चुनावमा मतदान गरी आफ्ना हक अधिकार सुरक्षित गर्न अपिल गर्नुभयो । साथै समय सरेतापनी स्ववियु नहुने भन्ने हाउगुजी फैलाउने विद्यार्थी संगठनलाई त्यो हाउगुजी नफैलाउन अन्य संगठनलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी नेकपा जिल्ला सचिब निर्मल जिसीले देशको मुहार फेर्ने कम्युनिस्ट सरकारकै नेत्रुत्वको काधमा आएको हुँदाँ समग्र देशनै अग्रगामी बिकासको मोडलमा तिब्र गतिमा लागेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा स्ववियु लक्षित गरी बिभिन्न बाहाना बनाएर चुनाव नभाड्न र विद्यार्थीका समग्र अधिकारमा साथ र समर्थन गर्न समकक्षी विद्यार्थी संगठनलाई आग्रह समेत गर्नुभयो । उहाँले अख्तियारको निर्णयमा सडकमा ओइरिएर समर्थन गर्नुको तुक नरहेको र त्यस्तो प्रवृतीको अन्त्य गर्न नेबी संघलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रमकै बिशिस्ट अतिथी क्याम्पस प्रमुख शखीकीरण सुवेदीले बुटवल क्याम्पस बिगत देखि अहिले हेर्दा धेरै परिबर्तन भएको र यसको श्रेय विद्यार्थी संगठनलाई जाने कुरा राख्नुभयो । उहाँले क्याम्पस तिब्र गतिमा गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गर्न लागिरहेको बताउनुभयो । शैक्षिक कार्यक्रम संगै ब्यबहारिक बिषय बस्तु समाबेस गरी क्याम्पसको स्तरउन्नतीका लागि गुरु योजना बनिरहेको समेत बताउनुभयो । उहाँले प्रशासनिक सुबिधालाई थप शसक्त बनाई विद्यार्थीको सेवामा खटिरहेको बताउनुभयो । उहाँले आदर्श भवनको निर्माणको काम तिब्र गतिमा रहेको र बिस्तारै विद्यार्थी बस्दा च्यातिने डेस्क बेन्च परिबर्तन भएको बताउनुभयो । साथै बिगत लामो समय देखी स्ववियु नहुँदाँ क्याम्पसको एउटा अंगनै खाली भएको अवस्थामा समग्र विद्यार्थी संगठनले स्ववियु बनाउन तत्पर भएर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अतिथीहरु पूर्व स्ववियु सभापति एबम नेकपा बुटवल उपमहानगर समितीका अध्यक्ष बाबुराम पन्थीले अहिलेको बर्ष जुनपनी हालतमा स्ववियु चुनाव बनाई शैक्षीक बिकासमा लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले स्ववियु नहुने भनेको विद्यार्थीको समग्र अधिकार गुम्नु रहेको कुरा प्रस्तुत गर्नुभएको थियो । नेकपा विद्यार्थी ईन्चाज राजेन्द्र ढाकालले प्रत्येक क्याम्पसमा स्ववियु चुनाव गराउनकाे लागि अनेरास्ववियु तयार रहेकाे बताउनुभयो । नेबी संघले बिभिन्न कारण देखाउदै आन्दोलन गर्नुको कुनै औचित्य नरहेको जिकिर गर्नुभयो ।  ,कार्यक्रममा पुर्ब स्वबियु सभापती यग्य गैरे , अनेरास्ववियुका केन्द्रिय सदस्य बालकृष्ण पाण्डे , अनुप पोख्रेल , सरोज पोख्रेल , माया केसी , अनेरास्ववियुका जिल्ला संयोजक लेखनाथ खनाल , सह-संयोजक बिष्णु खत्री क्याम्पसका पूर्व इकाई सभापतीहरु शेशकान्त पोख्रेल , नवीन थापा सारु , युवानेताहरु नकुल शाही ठकुरीलगायतले मन्तब्य राख्नुभएको थियो । अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसका इकाई अध्यक्ष भरत अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष टेकराज रेग्मीले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा राष्ट्रमै चर्चित हास्य कलाकार सुबोध गौतम (एबडुमे), हास्य कलाकार पुरुस्वतम भण्डारी (पुर्खेबा) , लोकदोहोरी गायक बिधान कार्की , गायिका प्रिया भण्डारी , आधुनिक गायक अफ्सर अली , आकाश झा , अर्जुन मिश्र लगायत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आ(आफ्नो प्रस्तुती प्रतुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।