सरकारी डाक्टरले क्लिनिकमा काम गर्न नपाउने

प्रकाशित मिति:

काठमाडौं  – सरकारी चिकित्सकहरूले निजि क्लिनिकमा काम गर्न नपाउने भएका छन् । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले सरकारसँग अनुमति निलिई निजी अस्पतालमा काम गर्न नपाउने भएका हुन्। अनुमति नलिई काम गरेको पाइएमा कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। केही दिनअघि गरिएको यो मन्त्रीस्तरीय निर्णयलाई मन्त्रालयले सम्बन्धित सबै निकायहरुलाई परिपत्र गरिसकेको छ।

नेपाल मेडिकल काउसिन्लले सरकारी चिकित्सकहरुले निजी अस्पताल तथा क्लिनिकमा काम गरेको सम्बन्धमा अनुगमन गर्ने जनाइएको छ। मन्त्रालयले नेपाल सरकार र मन्त्रालयको लोगो दातृ निकाय र गैर सरकारी संस्थाहरुबाट सार्वजनिक कार्यक्रम तथा प्रकाशनमा दुरुपयोग गरेको पाइएकाले अब यस्तो प्रयोग गर्दा पूर्व स्वीकृति लिनुपर्ने समेत परिपत्रमा भनेको छ। मन्त्रालयले अख्तियारवालाको पूर्व स्वीकृति बेगर विभिन्न संघ संस्था, दातृ निकाय आदिसँग अध्ययन, तालिम, भ्रमण तथा कुनै पनि सुविधाका लागि व्यक्तिगत तवरले काम नगर्न पनि भनेको छ।