दिल्ली विधानसभा निर्वाचन : आम आदमी पार्टी बहुमततर्फ

प्रकाशित मिति:

दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले पुनः बहुमत ल्याउने देखिएको छ। प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (बिजेपी) १९ स्थानमा मात्र अग्रस्थानमा छ भने आम आदमी पार्टी ५१ स्थानमा छ। कांग्रेस भने अघिल्लो निर्वाचनमा जस्तै कतै पनि अग्रस्थानमा देखिएको छैन।

नतिजा आउने क्रम जारी रहँदा बिजेपीले हार स्वीकार गरेको छ। मतगणनामा बिजेपी दिल्लीको बल्लीमारान, बवाना, जनकपुरी क्षेत्रमा अगाडि छ भने आप गोकुलपुर, ग्रेटर कैलाश तथा ओखला क्षेत्रमा अगाडि देखिएको छ।

परिणाम बहुमततर्फ देखिएपछि आम आदमी पार्टीको राउज एभेन्युस्थित मुख्यालयमा विजयको तयारी गरिएको छ। अन्तिम नतिजा आएपछि मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यालयको छतबाट कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरिएको छ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोसिदयाले पार्टीको जितबाट नागरिकको भलाइका लागि काम गर्ने र शिक्षा तथा स्वास्थ्यमा काम गर्नु नै असली देशभक्ति भएको बताए।