मानव सेवा आश्रमको महायज्ञको समीक्षा तथा फूलपाति विसर्जन

२८ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल – मानव सेवा आश्रमले बुटवलमा आयोजना गरेको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञको समीक्षा तथा फूलपाति विसर्जन कार्यक्रम सम्पन्न भएको छ । महायज्ञ सकिएको अर्को दिन बसेको समीक्षा वैठकले महायज्ञ अपेक्षा अनुसार सफल भएको निश्कर्ष निकालेको महायज्ञका सचिव गुनाराम घिमिरले बताए । समीक्षा वैठकले महायज्ञको यथार्थ आम्दानी खर्च विवरण आगामी फागुन १७ गते सार्वजनिक समारोहका बीच सार्जजनिक गर्ने निर्णय गरेको महायज्ञका मूल समिति संयोजक लोकनाथ भुसालले बताए । समीक्षा वैठकले महायज्ञ सफल बनाउन योगदान गर्ने सबै व्यक्ति र संस्थाप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेको महासचिव माधव नेपालले बताए ।

समीक्षा वैठकमा महायज्ञमा सहसंयोजक एवं अनुगमन समिति संयोजक लेखबहादुर कार्की, सहसंयोजक गुप्तबहादुर केसी, मानव सेवा आश्रमका प्रमुख संरक्षक डा.गोविन्द टण्डन,आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहेको थियो । यसैबीच महायज्ञको फूलपातीलाई मंगलबार नै तिनाउ नदीमा विधिपुर्वक विसर्जन गरिएको छ । मानव सेवा आश्रमको प्रदेशस्तरीय चारतले भवन निर्माणका लागि आथिैक संकलन गर्ने उद्देश्यले माघ २० गतेदेखि सञ्चालित महायज्ञमा तीन करोड ६८ लाख रुपैयां संकलन भएको थिय

फेसबुकबाट तपाईको प्रतिक्रिया