पारिश्रमिक घटाउन भनेपछि रजनीकान्त हैरान

प्रकाशित मिति:

एजेन्सी /भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले अभिनय गरेको ‘दरबार’ असफल भएपछि उनी विवादमा छन् । वितरकहरुले रजनीकान्तसँग मुआब्जा मागिरहेको खबर फैलिएको थियो ।निर्देशक ए आर मुरुगाादासको यो फिल्मले कमाल गर्ने अनुमान गरिएको थियो । तर, फिल्म चलेन । निर्माता घाटामा गएपछि रजनीकान्तको पारिश्रमिकलाई लिएर विभिन्न खबर बाहिर आएका छन् ।‘दरबार’ पछि रजनीकान्त फिल्म ‘थलाइवर १६८’ को छायांकनमा व्यस्त छन् । खबरका अनुसार यो फिल्मका लागि रजनीकान्तले आफ्नो पारिश्रमिक घटाएका छन् ।

रजनीकान्तलाई फिल्म ‘थलाइवर १६८’ को सेटमा निर्माताले भेटे र आफ्नो पारिश्रमिक कम गर्न भने । रजनीकान्त निर्माताको यो फैसलाबाट हैरान थिए । तर उनले आफ्नो पारिश्रमिक घटाएर आधा गरिदिए ।भारतीय मिडियाका अनुसार यो फिल्म रजनीकान्तको १६८ औं फिल्म हो । फिल्ममा रजनीकान्तका अलावा, नयनतारा, कीर्ति सुरेश, खुश्बु लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।यो फिल्म सन् २०२० को तिहारमा आउने बताइएको छ ।