ट्रम्प फेब्रुअरी अन्तिम साता भारत भ्रमणमा निस्कदै 

प्रकाशित मिति:

एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी महिनामा भारतको भ्रमण गर्ने भएका छन् ।ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले यही फेब्रुअरी महिनाको २४ र २५ तारिखमा भारत भ्रमण गर्ने उल्लेख छ ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले राजधानी दिल्लीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर अहमदावादको समेत भ्रमण गर्ने जनाइएको छ ।भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई अझ नजिक बनाउने ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । यसअघि दुई नेताबीच गत सेप्टेम्बर महिनामा टेक्सस राज्यको हुस्टन शहरमा ‘हाउडी मोदी’ नामक र्‍यालीमा भेट भएको थियो ।सन् २००२ मा गुजरातमा भएको मुसलमानविरोधी दंगाका विषयलाई लिएर अमेरिकाले त्यसबेला गुजरात राज्यका मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका भ्रमणका लागि भिसा दिएको थिएन ।