ट्याक्टर दुर्घटना-४ जनाको घटनास्थलमै मृत्यु

२९ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
21 Shares


नवलपरासी – पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, ५९ वर्षीय यमान सिंङ सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु सबै बुलिङटार गाउँपालिका ३ का बासिन्दा हुन ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक बलबहादुर झेडी मगर, ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया