सन्दीप र सुशन चम्किदा अमेरिका ३५ रनमा खुम्चियो

प्रकाशित मिति:

काठमाडौं – आईसीसी क्रिकेट लिग डिभिजन २ को आफ्नो चौथो खेलमा नेपालले अमेरिकालाई ३५ रनको झिनो योगफलमा सीमित गरेको छ । अन्तर्राष्ट्रिय एकदिवसीयमा अमेरिका अहिलेसम्मकै आफ्नो सबैभन्दा कम योगफलमा समेटिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली अमेरिकाको पारीलाई ३५ रनमा खुम्च्याउन सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ्ग गर्नुभयो । सन्दीप एक्लैले छ विकेट लिनुभयो । बाँकीको चार विकेट सुशन भारीले बाँड्नुभयो ।

अमेरिकी पारीको दश जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । ओपनर जेभियर मार्शलले बनाउनुभएको १६ रन सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । उसको पारीको चार जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन । सन्दीपले छ ओभरको स्पैलमा मात्र १६ रन खर्चेर छ विकेट लिनुभयो । सुशनले भने तीन ओभरमा एक मैडन राख्दै मात्र पाँच रन खर्चेर चार विकेट लिनुभयो ।