सिन्धुपाल्चोकमा कोरोना भाइरस फैलिएको छैन : मन्त्री दुलाल

प्रकाशित मिति:

बुटवल – बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ले सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएका छन् ।

मन्त्री शरदले जुगल गाउँपालिकाको गुम्बामा देखिएको भाइरल रुघा, खोकी, ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुगिसकेको भन्दै कोरोनाको संक्रमण नदेखिएको र संयमता अपनाउन आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीलाई उदृत गर्दै मन्त्री शरदले माैसमी रुघा भएको र कोरोना भाइरस (Covid-19) विश्व स्वास्थ्य संगठनले दिएको नाम) सँग मिल्दोजुल्दो नरहेको स्पष्ट पारेका हुन् ।

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोलीले आजै त्यहाबाट थप परीक्षणको लागि नमुना संकलन गरि ल्याउने उनले जनाएका छन् । उनले प्रयोगशालाको रिपोर्ट नआएसम्म धैर्य गर्न समेत आग्रह गरेका छन् । हेर्नुहोस् सामाजिक सञ्जालमा सामाजिक विकासमन्त्री  मन्त्री सरदको अभिब्यक्ती :