लोकसेवा तयारी सामाग्री (वस्तुगत प्रश्नोत्तर)

प्रकाशित मिति:

१. ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ?
 विक्रम संवत् २०७६ माघ २६ ।
– अबदेखि कार्यान्वयन÷लगानीयोग्य आयोजनाहरूको सङ्ग्रह यस प्रणालीमार्फत हुने ।
– यसले तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मूल्याङ्कन प्रक्रिया एवम् प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यास गर्न सहयोग पु¥याउने ।
– यस प्रणालीमा आयोजना कार्यान्वयनपूर्व गर्नुपर्ने अध्ययन तथा पूर्वतयारीका कार्य भएको हुनुपर्ने ।
– यसले नतिजामुखी, न्यायोचित र आयोजनाको चक्र व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको ।
– नीतिगत एकरूपताको अभाव, शक्तिमा रहेका व्यक्तिको प्रभाव, आयोजनाचक्र व्यवस्थापनको अभाव, निर्धारित समय, लागत तथा तोकिएको गुणस्तरमा आयोजना सम्पन्न हुन नसकेको अवस्था अन्त्य गर्न भन्दै सरकारले योजना बैङ्कको अवधारणा ल्याएको ।
– आयोजना बैङ्क सञ्चालनको जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिइएको ।
– आयोगले आयोजनाको पहिचान, स्वीकृति र प्राथमिकता निर्धारणका लागि मार्गदर्शनसमेत सार्वजनिक गरेको । मार्गदर्शनअनुसार आयोजना चयन तीन चरणबाट गरिने । पहिलो चरणमा आयोजना पहिचान गरिएको अवधारणापत्र तयार गर्नुपर्ने । अवधारणापत्रलाई आयोगले अध्ययन गरेपछि दोस्रो चरणमा मूल्याङ्कन गर्ने र प्रस्तावना तयार गर्नुपर्ने । आयोगको विज्ञ समूहले परियोजना उपयुक्त लागेमा छनोट र प्राथमिकीकरणको चरणमा प्रवेश गर्ने । आयोजना आर्थिक, भौतिक तथा अन्य हिसाबले सम्भाव्य र लाभयुक्त देखिएमा मात्र त्यस्ता आयोजना बैङ्कमा समावेश गरिने ।
– आयोजना बैङ्कमा समावेश योग्य हुन आयोजनाले समावेशी सामाजिक विकास, दिगो विकास लक्ष्यमा पु¥याउने योगदान, जनसहभागिताको स्तर, कार्यान्वयनको सम्भाव्यताजस्ता पक्षलाई आधार मानिएको ।

२. एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?
 चन्द्रप्रसाद ढकाल ।
(एसियाली व्यवस्थापन सङ्घको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन सङ्घ (म्यान) द्वारा ढकाललाई सो अवार्डबाट सम्मानित गरिएको ।)

३. सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरेको हो ?
 आर्थिक वर्ष २०६८÷०६९ ।
– सरकारले आव २०६८÷६९ मा विभिन्न १७ वटा, आव २०७०÷७१ मा चार वटा र २०७५÷७६ मा एउटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको । सोपश्चात् तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सनसहित २०७६ माघसम्ममा २४ आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषित भएका ।
– कार्यान्वयन अति नै सुस्त हुँदा राष्ट्रिय गौरवका आयोजनामध्ये २२ आयोजनाको कुल लागत नै तीन खर्ब बढेर १६ खर्बबाट १९ खर्ब २७ अर्ब ६६ करोड पुग्ने देखिएको ।

४. बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ?
 मार्च ३ ।
(विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मार्च ३ मा यो दिवस मनाइँदै आइएको भए पनि नेपालमा भने यसै वर्षदेखि मनाउन लागिएको ।)

५. महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?
 डा. रमेशचन्द्र अधिकारी ।

६. अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
 स्वीट्जरल्यान्ड ।
– सो सूचीमा दोस्रोदेखि पाँचौँ स्थानमा क्रमशः नर्वे, आइसल्यान्ड, जापान र डेनमार्क रहेका ।
– घरभाडा दर, किराना सामान, रेस्टुरेन्टमा खानपानको मूल्य, कपडा, ट्याक्सी भाडा, इन्टरनेटको मूल्यलगायतका कुरा समेटी तयार पारिएको सो सूचीमा सवैभन्दा सस्तो देशका रूपमा पाकिस्तान रहेको । पाकिस्तानपछि सस्तो बजार भाउ भएका देशमा अफगानिस्तान, भारत, सिरिया र उज्वेकिस्तान रहेका ।
– नेपाल सबैभन्दा महँगो देशको सूचीमा २९.०५ अङ्कका साथ १२२औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११औँ स्थानमा परेको ।
– १३२ देशका राजधानीमा आधारित भई प्रतिवेदन तयार पारिएको ।

७. हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ?
 ८९ प्रतिशत ।
(खानेपानी मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदनअनुसार सन् २०१० सम्म ८१ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेको जनाइएको । मन्त्रालयका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशतलाई उपलब्ध भएको ।)

८. पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरेको हो ?
 विसं २०७६ माघ २६ ।
– कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको सुरुवात गर्न लागिएको । अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानव हितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्न सक्छ रोग, नमस्कार गरे हुन्छ मनको मनको योग’
– विविधप्रकारका सरुवा रोग समेतबाट जोगिन अङ्कमाल र हात मिलाउनेभन्दा अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानवहितकारी रहेको कोषले जनाएको ।
– विशेषगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणप्रति सजगताका लागि नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको ।

९. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
 विसं २०५३ ।

१०. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
 कुशल मल्ल ।
(कुशलले विसं २०७६ माघ २५ मा अमेरिकाविरुद्धको खेलमा सर्वाधिक कम उमेर (१५ वर्ष ३४० दिन) मा सो रेकर्ड कायम गर्नुभएको । नेपालकै अर्का युवा खेलाडी रोहित पौडेलको कीर्तिमान कुशलले भङ्ग गरेका ।)

११. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
 धारा २४४ ।
(संविधानको धारा २४४ मा यससम्बन्धी व्यवस्था गरिएको । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने । साथै सोही धाराको उपधारा ३ मा सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख ।)

१२. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
 गोपालप्रसाद रिमाल ।

१३. गुणस्तरीय पर्यटक भिœयाउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
 भुटान ।

१४. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
 १६ वर्ष ।

१५. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
 धारा ३४ ।

१६. ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७३ असार २७ ।

१७. मुलुकी देवानी (संहिता)) ऐन–२०७४ अनुसार श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ?
 पतिले सम्बन्धविच्छेद गर्न सक्ने ।
(मुलुकी देवानी (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरेको ।)

१८. विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरेको हो ?
 सन् २०२० जनवरी २८ ।
– सन् २०२० फेब्रुअरी मध्यसम्म कोरोना भाइरस २६ मुलुकमा देखिएको ।
– नोभेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट सन् २०२० फेब्रुअरी १० सम्ममा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको ।

१९. सार्सको पूरा रूप के हो ?
 सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ।
– सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको  ।

२०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
 वाणिज्यमन्त्री वा राज्यमन्त्री ।

२१. निजी गैरनाफामूलक संस्था पपुलेसन रेफ्रेन्स व्युरो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ?
 नौ अर्ब ९० करोड ।
(उक्त प्रतिवेदनअनुसार सो अवधिसम्म विश्व जनसङ्ख्या ३३ प्रतिशतले बढ्ने र सन् २०५३ सम्म १० अर्ब पुग्ने देखिएको छ । सो अवधिमा एसियाको जनसङ्ख्या ९० करोडले बढेर ५४ अर्ब ३० करोड पुग्ने अनुमान छ । युरोपमा जन्मदरमा कमी आएका कारण त्यहाँको जनसङ्ख्या घट्नेछ भने अफ्रिकाको दोब्बर हुने उल्लेख छ । सो अवधिसम्म २९ वटा राष्ट्रको जनसङ्ख्या दोब्बरभन्दा बढी हुनेछ । त्यस्तै ४२ वटा राष्ट्रमा भने कमी आउने तथ्याङ्कले देखाएको छ ।)

२२. कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ?
 लोकसेवा आयोग ।

२३. मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
 राष्ट्रिय मानवअधिकार आयोग ।

२४. मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
 गजुर ।

२५. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?
 मन्त्रिपरिषद् ।

२६. निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ?
 १८० दिन ।

२७. महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
 सार्वजनिक लेखा समिति ।
(विश्वभरका विद्यावारिधि शोधकर्ताबीच प्रतिस्पर्धा भएको ।)

२८. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
 रूस ।

२९. “प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
 वातावणरण संरक्षण ऐन–२०५३ ।

३०. ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ?
 दक्षिणा कोरियाली फिल्म ‘प्यारासाइट’ ।
अमेरिकाको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सद्वारा प्रदान गरिने उक्त अवार्ड पहिलोपटक विदेशी भाषाको चलचित्रले प्राप्त गरेको । यस फिल्मले विदेशी भाषाको फिल्म र पटकथासमेत गरी चार अवार्ड हात पारेको । ओस्कारमा विदेशी भाषाको फिल्मले फिचर फिल्मको अवार्ड जितेको यो पहिलोपटक हो ।

प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र