ताली बजाउनु स्वास्थ्यको लागी फाइदाजनक

२९ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – धेरैलाई ताली बजाउदारोग निको हुने कुराले अनौठो लाग्ला । तर ताली बजाउनु स्वास्थ्यको लागी फाइदाजनक छ । हामिले धेरैजसो खुशीमा ताली बजाउने गर्छौ । तर खुसी नहुदा पनि ताली बजाएमा शरिरलाई धेरै फाइदा पुग्छ ।तली बजाउने गरेमा मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी र टाउको दुख्ने समस्या हराउछ । ताली बजाउनाले रगतको प्रवाहलाई सुचारु गर्ने हुनाले शरिरमा आनन्दको महशुस हुन्छ ।हामिले खाना खाएको एक घण्टापछि ताली बजाउनु राम्रो हुन्छ ।

यसरी ताली बजाउने गरेमा पाचन समस्या समाधान हुन्छ । दाहिने हातका चार औंलामा जोड परेर बिहान एकछिन ताली बजाउनु राम्रो हुन्छ । दैनिक १५ देखि २० मिनेटसम्म ताली बजाएमा ढाड, घाँटी, जोर्नी दुख्ने समस्या समाधान हुन्छ ।वृद्ध अवस्था भएकाले ताली बजाएमा गोलीगाँठाको समस्या समाधान हुन्छ । दैनिक ताली बजाउदा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुनछ । सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउदा न्युन रक्तचापको समस्या समाधान हुन्छ । मुटु र फोक्सोसंबन्धी समस्या भएकाले पनि दैनिक ताली बजाउनु राम्रो हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया