लुम्बिनी वाणिज्य क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम

प्रकाशित मिति:

मोहन पौडेल/बुटवल – लुम्बिनी वाणिज्य क्याम्पसको ३९ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको साताव्यापि विविध कार्यक्रमहरु बुधवार सम्पन्न भएको छ ।  क्याम्पसको वार्षिकोत्सवको अवसरमा भएको प्राध्यापक÷कर्मचारी र विद्यार्थी सङ्गठनबिचको मैत्रीपूर्ण भलिबल खेलमा विद्यार्थी सङ्गठनको समुह विजयी भएको छ भने छात्र भलिबल प्रतियोगितामा विविएस चौथो वर्षको समुह विजयी, विविएस दोश्रो वर्षको समुह उपविजयी भएको छ । यस्तै छात्रा भलिबल प्रतियोगितामा विविएस प्रथम वर्षको समुह विजयी, विविएस दोश्रो वर्षको समुह उपविजयी भएको छ । छात्र बास्केटबल प्रतियोगितामा विविएस चौथो वर्षको समुह विजयी भएको छ भने विविएस दोश्रो वर्षको समुह उपविजयी भएको छ । त्यसैगरी छात्रा बास्केटबल प्रतियोगितामा विविएमको समुह विजयी भएको छ भने विविएसको समुह उपविजयी भएको छ ।

यस्तै वादविवाद प्रतियोगितामा अनिशा खान प्रथम, दिलिप पौडेल द्धितीय, वरदान आचार्य तृतीय भएका छन भने वक्तृत्वकला प्रतियोगितामा हेमलाल गिरी प्रथम, कविता भट्टराई द्धितीय, अनिसा खान तृतीय र तिलक रानाले सान्तवना स्थान हासिल गरेका छन । त्यसैगरी वार्षिकोत्सवकै अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा विविएस तेश्रो वर्षको समुह प्रथम, विविएस चौथो वर्षको समुह द्धितीय, विविएम सातौ सेमेष्टरको समुह तृतीय भएका छन । यस्तै १०० मीटर छात्र दौड प्रतियोगितामा अभिसेक मल्ल प्रथम, मनिस पुन द्धितीय, सुदिप घिमिरे तृतिय भएका छन भने १०० मीटर छात्रा दौड प्रतियोगितामा बिमला पुवारे प्रथम, अस्मिता अधिकारी द्धितीय, करुण पराजुली तृतीय भएका छन । यता छात्र चेस प्रतियोगितामा अनिस ढकाल प्रथम, मदन ज्ञवाली द्धितीय भएका छन भने छात्रा चेस प्रतियोगितामा सुस्मा पाण्डे प्रथम, सुरक्षा पाण्डेले द्धितीय स्थान हासिल गरेका छन ।

त्यस्तै म्युजिकल चेयर प्रतियोगितामा सिर्जना पाण्डे प्रथम, उसा खनाल द्धितीय, रमा भट्टराई तृतीय भएका छन भने एक मिनेट कार्यक्रममा नारायणि अर्याल प्रथम, माया सोमरे द्धितीय, अम्बिका कंडेल तृतीय भएका छन भने टेबल टेनिस प्रतियोगितामा दिपक थापा प्रथम, सन्देश खड्का द्धितीय भएका छन ।  क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले माघ २२ गते भलिबल खेलको उद्घाटन गर्दै सुरु भएको साताव्यापी खेलकुद कार्यक्रमहरु बुधवार सम्पन्न भएको हो । क्याम्पसले यही फाल्गुन ६ गते भव्य समारोहका बिच ३९ औं वार्षिकोत्सव मनाउदैछ ।