शुद्धोधनमा औद्योगिक ब्यापार मेलाको तयारी पूरा

प्रकाशित मिति:

सबलपोस्ट /फर्साटिकर –  ‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार’ कृषि,पर्यटन उद्योग तथा ब्यापारको पुर्बाधारू भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय शुद्धोधन कृषि ,पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७६ फागुन १ गतेदेखी सुरु हुने भएको छ।फर्साटिकरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मेलाको तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र २ करोडको आर्थिक कारोबार लक्ष्य राखिएको फर्साटिकर ब्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डेले जानकारी दिनुभयो । ४ बिघा क्षेत्रफलमा गरिने महोत्सवमा १२१ वटा स्टलहरु रहने छन।

महोत्सबले यस क्षेत्रको स्थानीय कृषि आधुनिकरण ,मौलिक कला संस्कृतिको संरक्षण पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आर्थिक समृद्धिमा सघाउ पुर्‍याउने आयोजकले विश्वास राखेको छ।महोत्सवको मुख्य आकर्षणको रुपमा राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुति , प्रथम कजयध डान्स प्रतियोगिता ,वडा स्तरीय भलिबल प्रतियोगिता, बाल उद्धान हुने ब्यापार संघका उपाध्यक्ष एवं महोत्सवका सह संयोजक अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । १३ दिन सम्म चल्ने महोत्सवको शुरक्षाको लागि सेक्युरिटी गार्ड ,नेपाल प्रहरी र विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको वरिष्ठ उपाध्यक्ष नवराज आचार्यले बताउनुभयो

।मेला अवलोकनका लागि ५० रुपैया टिकट मूल्य निर्धारण गरिएकोमा विद्यार्थीहरुका लागि ४० र अपांग,जेष्ठ नागरिकको लागि निशुल्क प्रबेशको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।राष्ट्रिय कलाकारहरुमा  प्रमोद खरेल,बद्री पङ्गेनी, पशुपति शर्मा,कमला घिमिरे ,रमेशराज भट्टराई,दुर्गेश थापा,प्रकाश सपूत,ज्योति मगर,अमृत सापकोटा,खुमन अधिकारी, राम्जी खाड,पुस्कल शर्मा,हेमन्त शर्मा,अर्जुन कौशल,टीका सानू लगायतका ५ दर्जन बढी कलाकारको प्रस्तुति रहने छ।