सुरक्षा र न्यायको सेवालाई प्रभावकारी बनाउन गाउँपालिकालाई सामाग्री प्रदान

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/ दाङ – सुरक्षा र न्यायको सेवालाई प्रभावकारी बनाउदै लैजानका लागि मधेश मानव अधिकार गृहले राप्ती गाउँपालिका न्यायीक समितिलाई सामाग्री उपलब्ध गराएको छ ।

संस्थाले सुरक्षा र न्यायका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै लैजान आवश्यकतामा आधारित कम्प्यूटर १ थान, प्रोजेक्टर १ थान र साउन्ड  १ थान न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीलाई हस्तान्तरण गरेको छ ।

मधेश मानव अधिकार गृह ले डि यफ आई डि को र्र्आिथक सहयोग र भि यस ओ ईन्टरनेशनलअलर्ट को प्राबिधिक सहयोगमा समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण (सहज) परियोजना अन्तर्गत सामाग्री उपलब्ध गराईएको हो ।

सहयोगको रुपमा प्रदान गरीएको सामग्रीहरु माहुरी होमको प्रतिनिधि मण्डलले सामाग्री हरुतान्तरण गरेको हो । सामाग्री बुझुदै न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीले सुरक्षा र न्यायका सेवा प्रवाहमा सहयोग गर्ने मधेश मानव अधिकार गृह,े डि यफ आई डि, भि यस ओ ईन्टरनेशनलअलर्ट र सहज परियोजना लाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

थप समाचार