जान्नुहोस्, गर्भावस्थामा कस्तो व्यायाम उपयोगी हुन्छ ?

प्रकाशित मिति:

गर्भवतीलेे हरेक दिन कम्तिमा ३० मिनेटसम्म शरीरिक गतिविधिहरु गर्नु पर्छ । तर सबैभन्दा ठुलो कुरा भनेको गर्भधारणको क्रममा आफ्नो र गर्भमा रहेको शिशुको सुरक्षालाई ध्यानमा राख्दै कस्तो किसिमको व्यायाम गर्नु आवश्यक हुन्छ भन्ने बारेमा थाहा हुनु पर्छ ।

गर्भावस्थामा कुन किसिमको व्यायाम सुरक्षित हुन्छ ?

गर्भधारणको क्रममा शरीर भित्र जतिपनि हार्मोनल परिवर्तनहरु भैरहेका हुन्छन्, त्यति नै परिर्वतन शरीर बाहिर पनि देखिन्छ । खुट्टा सुनिन्छ, ढाड दुख्न थाल्छ, शरीरको वजन बढ्न थाल्छ, जसका कारण हिँडडुल गर्न गाह्रो हुन थाल्छ । पेट ठुलो हुन थाल्छ र कब्जियतको पनि समस्या हुन थाल्छ । तर गर्भधारणसंग सम्बन्धित यी लक्षणहरुलाई पूर्णरुपमा कम गर्न सकिंदैन । तर, एउटा त्यस्तो उपाय छ जसको माध्यमबाट यी समस्याहरुलाई कम गर्न भने सकिन्छ र त्यो हो एक्सरसाइज अर्थात व्यायाम ।

गर्भधारणमा ब्यायाम गर्नु फाइदाजनक हुन्छ

गर्भधारण भएको ९ महिना पूरा हुने क्रममा यदि तपाईंले नियमित रुपमा एक्सरसाइज गर्नु भयो भने तपाईं संग-संगै जन्मने शिशुलाई पनि विभिन्न तरिकाले फाइदाजनक हुन सक्छ । गर्भधारणको क्रममा नियमित एक्सरसाइज गर्नाले गर्भवती महिलाको मुड राम्रो हुन्छ । पोस्चर पनि सही हुन्छ । ढाडको दुखाई कम हुनुको साथै तनाव पनि हुँदैन र धेरै थाकेको महसुस हुँदैन ।

१० मिनेट शारीरिक गतिविधि आवश्यक

अमेरिकन कलेज अफ अब्स्टेटि्रक्स एन्ड गाइनोकोलोजीका अनुसार गर्भवती महिलाले हरेक दिन कम्तिमा पनि ३० मिनेटसम्म शारीरिक गतिविधिहरु गर्नु आवश्यक छ । यसो भन्दैमा जस्तो पायो त्यस्तै शारीरिक व्यायामहरु गर्नु आमा र बच्चा दुवैका लागि हानिकारक पनि हुन सक्छ । सबै गर्भवती महिलाहरुले व्यायाम गर्न नहुने पनि हुन सक्छ । त्यसैले गर्भवती महिलाहरुले आफ्नो अवस्था र कस्तो प्रकारको व्यायाम आफु अनुसार गर्न मिल्छ भन्ने कुरा थाहा पाएर मात्र व्यायाम गर्नु राम्रो हुन्छ ।

गर्भवतीको क्रममा गर्न नहुने गल्तिहरु

गर्भधारणको समयमा गर्भवती महिलाहरुले ड्रग्स तथा अल्कोहल बाहेक पनि अन्य कुराहरुबाट पनि बच्नु पर्छ । त्यसो त गर्भधारणको समयमा तपाइर्ं साधारण जीवन बाँच्न सक्नु हुन्छ, तर केही गल्ति भुलेर पनि गर्नु हुँदैन ।

कस्ता गर्भवती महिलाहरुले व्यायाम गर्नु हुँदैन ?

यदि त्यस्ता गर्भवती महिलाहरु, जसलाई कुनै किसिमको बिरामी छ, जस्तै आस्थमा, मुटु सम्बन्धि समस्याहरु अथवा डाइबीटिजको समस्या छ भने उनीहरुले एक्सरसाइज गर्नु हुँदैन । यसबाहेक गर्भधारणको समयमा निम्न समस्या छ भने पनि व्यायाम गर्नबाट बच्नु पर्छ ।

-यदि गर्भधारणको क्रममा ब्लिडिङ भैरहेको छ भने ।

-प्लासेन्टाको स्तर कम छ भने ।

-यदि गर्भपतनको खतरा छ र पहिला पनि गर्भपतन भैसकेको छ भने ।

-गर्भवती महिलाको गर्भाशय कमजोर छ भने ।

गर्भधारणको क्रममा एक्सरसाइज शुरु गर्नु अगाडि आफ्नो डाक्टर अथवा गाइनोक्लोजिस्टसंग कुरा गर्नु पर्छ । उनीहरुको सल्लाह बमोजिम नै आफ्नो एक्सरसाइजको योजना बनाउनु पर्छ । तपाइर्ंको स्वास्थ्य र मेडिकल हिस्ट्री अनुसार नै उनीहरुले तपाईंका लागि सही एक्सरसाइजको चुनाव गर्छन् ।

गर्भवती महिलाहरुका लागि कस्तो प्रकारको एक्सरसाइज सुरक्षित हुन्छ ?

स्वीमिङ

स्वीमिङ र वाटर एरोबिक्स गर्भवती महिलाहरुका लागि अति नै राम्रा व्यायाम मानिन्छ । पानीमा तपाईंको वजन जमिन भन्दा कम हुन्छ, जसका कारण तपाइर्ं आफ्नो शरीर हल्का महसुस गर्न थाल्नु हुन्छ । यसको साथै स्वीमिङ पूलमा गएपछि रिंगटा लाग्ने, खुट्टा सुन्निने जस्ता विभिन्न प्रकारको समस्याहरु कम हुन्छ । तर स्वीमिङ पूलको वरपरको भाग स्लिपरी अथवा चिप्लो हुने भएकाले हिडडुल गर्दा केही सावधानी अपनाउनु पर्छ ।

गर्भावस्थामा तुलसी खानु हुन्छ कि हुँदैन ?

हरेक दिन विहान खाली पेटमा तुलसीको एउटा पात चपाउनाले टाउको दुख्ने समस्या कम हुन्छ । ज्वरो आएको छ भने पनि राहत प्रँप्त हुन्छ , घाँटी सम्बन्धि समस्याहरु कम हुन्छ । तर के गर्भधारण अथवा गर्भावस्थामा तुलसीको पात सेवन गर्नु ठिक हुन्छ ? यस बारेमा विभिन्न धारणाहरु रहेका छन् । कसैले यो समयमा तुलसीको पात सेवन गर्दा कुनै किसिमको हानी हुँदैन भन्ने छ भने कसैले गर्भावस्थामा तुलसीको पात सेवन गर्नु हुँदैन भन्ने रहेको छ । तर वास्तविकता के हो, गर्भावस्थामा तुलसीको पात सेवन हानीकारक छ कि फाइदाजनक ?