महिला कामदारले भनिन्- विजय रिसाहा स्वभावका थिए

१ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीन जनासँग वयान लिएको छ।महानगरीय प्रहरी परिसर ललितपुरले कार्की निवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन्।कार्की निवासमा काम गर्ने महिला कामदारले भने मुना कार्कीको हत्या गरेर आफूले पनि आत्महत्या गर्ने विजय चौधरी रिसाहा स्वभावको भएको बयान दिएकी प्रहरीले जनाएको छ।आफूलाई पनि कार्कीले विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको ती महिलाले प्रहरीसँगको बयानमा भनेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया