केन्द्रमा बहस : राहत कोटामा कार्यरत शिक्षक अस्थायी होईनन्

प्रकाशित मिति:

काठमाडौं – नेपालमा अहिले राहत शिक्षकहरुलाई स्थायी शिक्षकका रुपमा हेर्ने गरिएको छैन । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका क्रममा राहत कोटामा कार्यरत शिक्षक अस्थायी नभएका स्पष्ट पारेको छ ।

शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ (च) को उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित अस्थायी शिक्षक भन्नाले राहत शिक्षकलाई नबुझाउने राहत कोटामा कार्यरत शिक्षकको हकमा सो ऐनको ११ (च) को उपदफा (१०) आकर्षित नहुने भएकाले सो निर्णय कार्यान्वयन गराउन केन्द्रले पत्राचार गरेको हो ।

केन्द्रले सोही अनुसार निर्णय कार्यान्वयन गराउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको छ । थप जानकारी तल राखिएको छ हेर्न सक्नुहुन्छ ।