विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष पक्राउ

प्रकाशित मिति:

काठमाडौं – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् ।

ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोड क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले ढकाल पक्राउ परेका पुष्टि गरे ।

कालसँगै अन्य ३ जना पनि पक्राउ परेका जनाइएको छ । प्रहरीले अन्य व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।