कुवेतमा बालुवाको ढिस्काले पुरिएर ६ नेपालीको मृत्यु, २ घाइते

प्रकाशित मिति:

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा ६ जना नेपाली कामदारको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा बुधबार निर्माणस्थलमा काम गरिरहेका बेला बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो। त्यसक्रममा घाइते भएका २ जनाको कुवेतको जाहारा अस्पतालमा उपचार भइरहेको छ।

नेपाली राजदूताबास कुवेतको द्धितीय सचिब जानुका ओझाले घटनाको बारेमा भनिन्“ चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो।’

उनका अनुसार मृतकहरुको नामावली अझै प्राप्त भएको छैन। ओझाले थपिन् ‘दुर्घटनाको समयमा त्यहाँ कति जना कार्यरत थिए भन्ने जानकारी आएको छैन।’ नेपाली राजदूताबासको टोली अहिले दुर्घटनास्थल र अस्पतालमा रहेका घाइतेहरुको अबस्था बुझ्न गईसकेको उनले जानकारी दिइन्। – हरिकृष्ण न्यौपानेले स्पेसखबरमा लेखेका छन ।