कांग्रेसले २ लाख ५० हजार क्रियाशिल सदस्य थप्दै

१ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
52 Shares


बुटवल –  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साढे दुईलाख नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ । १४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेसंगै कांग्रेस भित्र क्रियाशिल सदस्यको संख्या ७ लाख ५० हजार पुग्ने भएको छ । कांग्रेस केन्द्रिय कार्यालयका अनुसार पार्टीमा हाल ४ लाख ९८ हजार क्रियाशिल सदस्य छन् । बुधवार बसेको केन्द्रिय समिति बैठकले विद्यमान संख्याको ५० प्रतिशत नया क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको हो । कांग्रेस भित्र महाधिवेशनमा नेतृत्व हत्याउने भोटको राजनीतिका साथ क्रियाशिल सदस्यता वितरण गरिने हुदा प्राय विवाद आइरहने गरेको छ ।

१३औं महाधिवेशनमा पनि क्रियाशिल सदस्यता वितरणमा विवाद आएपछि केन्द्रिय सदस्य नरहरी आचार्यको संयोजकत्वमा क्रियाशिल सदस्यता छानविन समिति गठन गरिएको थियो । अहिले पनि काग्रेसले क्रियाशिल सदस्यता छानविन समिति गठन गरिने निर्णय गरिसकेको छ । कांग्रेस भित्र नगर सम्मको कार्यसमिति क्रियाशिल सदस्यहरुको प्रत्येक्ष निर्वाचन बाट बन्ने गर्छ । वडा बाट प्रदेश र प्रतिनिधिसभाको लागि क्षेत्रिय प्रतिनिधि छनौट गर्ने काम पनि क्रियाशिल सदस्यहरुबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रिय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनौट हुन्छ । कांंग्रेस भित्र क्रियाशिल सदस्यता वितरणमा सधै विवाद किन भैरहन्छ भन्ने जिज्ञासामा कांग्रेस नेता रामहरि खतिवडा भन्नुहुन्छ– महाधिवेशन प्रतिनिधि क्रियाशिल सदस्यहरुले नै छान्ने भएकोले नेताहरु केन्द्रिय सभापति तथा पदाधिकारी   केन्द्रिय सदस्य बन्न आफ्नोलाई मात्र क्रियाशिल सदस्य दिन चाहने भएकोले विवाद भैरहन्छ ।

क्रियाशिल सदस्यता वितरणमा भैरहने विवादका बारे काभ्रे कांग्रेसका नेता रमेश हुमागाई भन्नुहुन्छ– जो कांग्रेस भित्र वास्तविक रुपमै क्रियाशिल भएर लागेको छ उस्लाई क्रियाशिल सदस्यता नदिने भएकोले विवाद आइरहेको हो । कांग्रेसमा क्रियाशिल सदस्यको नविकरण जिल्ला बाटै हुन्छ भने नयाँ क्रियाशिल सदस्य वितरण केन्द्रबाट हुन्छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नया क्रियाशिल सदस्यता वितरण गर्न विधानको धारमा उल्लेखित कतिपय मापदण्डहरु निलम्बन गरेको छ । गत निर्वाचनमा फोरम लोकतान्त्रिक संग पार्टी एकिकरण गरेको कांग्रेसले फोरमबाट र अन्य पार्टी परित्याग गरि आउनेलाई क्रियाशिल सदस्यता दिन क्रियाशिल सदस्यता सम्बन्धि विधानको धारा निलम्बन गरेको हो ।

केन्द्रिय समितिले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागु हुने गरी निलम्वन गरिएको धारमा क्रियाशिल सदस्यता प्राप्त गर्ने विभिन्न मापदण्ड थियो । केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईका अनुसार केन्द्रिय समितिले धारा ४ (२) को “एक वर्ष पुगेपछि” धारा ४ (१०) (ञ) को “छ महिना” धारा ४ (१२) (ख) को “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको” धारा ३५ (२) (घ) को “भन्दा कम्तिमा एक वर्ष” र “तीन महिना” धारा ५० (६) को “छ महिना अगावै” र “छ महिना” लाई निलम्बन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न