वडा कार्यालय भवनको शिलान्यास

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली / दाङ – राप्ती गाउँपालिक वडा नं २ को कार्यालय सञ्चालनका लागि निर्माण सुरु गरिएको वडा कार्यालय भवनको विहिवार शिलान्यास गरिएको छ । धार्मीक मन्त्र उच्चारणका साथ सुसासन कायम गर्न र नागरिकको सेवाको लागि भवन समयमै सम्पन्नभै सेवा प्रवाहमा सहजहोस भन्ने कामना गर्दै शिलन्यास गरिएको हो ।

९ कोठे भुकम्प रहित भवन निर्माणको जगहल्नु पुर्व राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले संयुक्त रुपमा शिलन्यास गर्नु भएको हो ।

करिव ९० लाख लागतमा टेन्डर प्रक्रियामा आर जि निर्माण सेवा प्युठानले निर्माणको जिम्मा पाएको वडा भवन आगामी पुष मसान्त सम्म सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि कमल घर्ति मगरले जानकारी दिनुभएको छ ।