जव दाङको पदमोदयमा प्राचार्यलाई भित्रै थुनेर विद्यार्थीले ताला लगाएपछी …

प्रकाशित मिति:

दाङ – पद्मोदय अटो मोबाइल्स अध्ययनरत बिद्यार्थी आन्दोलनमा उत्रिएका छन् । विहीवार बिहान उनीहरुले विद्यालय प्राङगनमै नाराबाजी गरेका छन् । लापरवाहीले गर्दा पुरानै पाठ्यक्रम पढाउँदै आएको भन्दै त्यसको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन ।

पुरानो पाठ्यक्रम परिबर्तन भइसकेर नयाँ पाठ्यक्रम आउदा पनि बिद्यालयको लापरबाहीका कारण नयाँ पाठ्यक्रम लागु हुन नसकेको आन्दोलनरत विद्यार्थीको आरोप छ । विरोधमा उत्रिएका विद्यार्थीले विद्यालयमा पुगेका घोराही १५ का वडा अध्यक्ष, दाङ उद्योगवाणिज्य संघका अध्यक्ष, बिद्यालयका प्राचार्यलाई उनको कार्यकक्षमा बसिरहेको समयमा बाहिरवाट तालवान्दी गरेको विद्यार्थी नेता तिलक रावतले जानकारी दिए ।

विद्यार्थीले प्राचार्य, जनप्रतितिनिधि लगाएतलाई ताला लगेर थुनेपछि केही बेरमा ताला फोडेर प्रहरीले जनप्रतिनिधि लगाएतलाई बाहिर निकालिएको थियो । विद्यार्थीले विद्यालयको मुल गेटमा पनि तालावन्दी गरेका छन् ।