जनयुद्ध दिवस : प्रधानमन्त्री श्रद्धाञ्जलीसभा कार्यक्रममै सहभागी भएनन्

प्रकाशित मिति:

काठमाडौं – तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा आज जनयुद्ध दिवस मनाइँदै छ । नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने गएनन् । कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।

यसअघि नेकपा केन्द्रीय कार्यालयकाको सूचनानामा ओली पनि सहभागि हुने भनिएको थियो । अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् । ओलीको निजी सचिवालय स्रोतका अनुसार स्वास्थ्य समस्याका कारण ओली कार्यक्रममा सहभागी नभएका हुन् ।

थप समाचार