नेकपा रुपन्देहीले जनयुद्ध दिवस मनायो, पार्टी क्रान्ति प्रती प्रतिबद्द छ : नेता पुन

प्रकाशित मिति:

शिव डुम्रे / रुपन्देही-तत्कालीन विद्रोहि नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०ले जनयुद्ध शुरु गरेको २५ बर्ष पूरा भएको छ । जनयुद्ध गर्दाताका सगै रहेका राजनितीक दल यतिबेला विभिन्न कारणले विभाजन तथा एकताको अबस्थामा छन । तत्कालीन नेतृत्व प्रचण्ड बाबुरामले गद्दारी गरेको भन्दै जनयुद्धका हस्ती मानिने बैध, विप्लवहरु अहिले आफ्नै पार्टी र राजनीतिक कार्यदिशा बनाएर अगाडी बढेका छन भने प्रचण्ड एमालेसग एकता गरे, बाबुराम पनि अर्कै राजनीतिक दलमा छन ।

पछिल्लो समय राजनीतिक शक्तिको रुपमा रहेको विप्लव नेतृत्वको नेकपाले जनयुद्धको २५ औं बर्षगाठ विविध कार्यक्रम गरेर मनायो । रुपन्देहीको सैनामैनामा सहिदपरिवार सहित वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज संगम पुनले तत्कालीन अबस्थामा जनयुद्ध सान्दर्भिक रहेको र हालसम्मका परिवर्तनहरु जनयुद्धकै उपज भएको बताए । उनले राजनीतिक आन्दोलनले ठूलो उथलपुथल ल्याउन सक्ने क्षमता राखेर पनि तत्कालीन नेतृत्वहरुको गद्दारिले विजयको सम्मुख पुगेको क्रान्तिले हार बेहोर्नु परेको बताउदै अबको क्रान्ति हिजोको जस्तो नहुने भन्दै क्रान्ति र पार्टीप्रती विश्वस्त रहन आम जनतालाई अपिल गरे ।

सरकारको पछिल्लो गतिविधिबारे कार्यक्रममा बोल्दै पुनले भने, नारामा समृद्ध नेपाल शुखी नेपाली व्यवहारमा दरिद्र नेपाल दुखी नेपाली बनाउने अबस्था सरकारको रवैयाले देखाएको छ । एमसिसि पास गराउन कुनै हालतमा नदिने उद्घोष गर्दै नेता पुनले एमसिसि राष्टघाती परियोजना रहेको बताए । यस्तै नेकपाले रुपन्देहीकै देवदहमा पनि जनयुद्ध दिवसको अवसरमा कार्यक्रम गरेको थियो । कार्यक्रममा नेकपाका सेक्रेटरि विजयले जनयुद्धमा गरेको बलिदान र योगदान सत्तामा पुगेपछि बिर्सेका कारणले आफुहरुले अर्को क्रान्तिको बाटो समात्नुपरेको बताए । उनले देशलाई पराधिन बनाउनेबाटोतिर सरकार लागेको आरोप लगाउदै राज्यसत्ताको दमनका कारण क्रान्तिले अझ छिटो हुने समेत दाबि गरे । कार्यक्रममा जितबहादुर, शिशिर, प्रेम लगायतका जिल्ला नेताहरू बोलेका थिए भने छुट्टाछुट्टै भएका कार्यक्रममा सहिद, बेपत्ता तथा घाईते परिवारजन, बाम बुद्दिजिवी, मजदुर तथा महिलाहरुबिच अन्तरक्रिया समेत भएको थियो । यस्तै जनयुद्ध दिवसमा अविर साटासाट गरेर उत्सवको रुपमा मनाईएको थियो ।